संसदले गठन गरेको छानविन समितिले छिटै काम सुरु गर्ने


२२ असार २०७९, बुधबार १७:५९ मा प्रकाशित

काठमाडौँ । लोसपाका सांसद लक्ष्मणलाल कर्णले संसदले गठन गरेको छानविन समितिले छिटै काम सुरु गर्ने बताउनुभएको छ ।

संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै छानविन समितिका सदस्य समेत रहनुभएका कर्णले संसदीय छानविन बिशेष समितिको संयोजक तोकेर छिटै काम सुरु गर्ने र तोकिएको समयभित्रै प्रतिवेदन दिने बताउनुभएको हो ।

कर्णले संसदीय परम्परामा सवैभन्दा ठूलो समिति नै संसदीय समिति हुने भएकाले समितिले बनाएको प्रतिवेदन कार्यान्वयन हुने तर्क गर्नुभयो । उहाँले छानविन समिति बनाएपछि मन्त्रीलाई पदमा रहन नमिल्ने भएकाले राजीनामा आएको हुनसक्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here