काठमाडौं । अहिले मनसुुन ‘ब्रेक’ भएको छ। जसले गर्दा अब कम्तीमा ३ दिन वर्षा घट्ने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार मनसुन ‘एक्टिभ’ (सक्रिय) र ‘ब्रेक’ (मत्थर) हुने हुन्छ। ‘अहिले मनसुन ब्रेक अवस्थामा छ, त्यसैले कम्तीमा तीन दिन वर्षा पनि घट्ने सम्भावना छ’, उहाँले भन्नुभयो।
मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ।
मौसमविद् भट्टराईका अनुसार अहिले (बिहान साढे ६ बजे) सर्लाही, झापा, दोलखा, चितवन, नुवाकोट, र काठमाडौं उपत्यकामा पनि गोदावरीतिर हल्का वर्षा भइरहेको छ।





