काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमबार पनि जारी छ ।
काठमाडौंको प्रज्ञा भवनमा जारी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा साथै पार्टीको सांगठानिक बिषयमा छलफल भइरहेको छ ।
त्यस्तै स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे छलफल गर्ने बैठकका एजेण्डा रहेका छन् । यसअघि आइतबार सुरु भएको बैठकमा प्रदेशका अध्यक्ष तथा इन्चार्जहरुले रिपोर्टीङ गरेका थिए ।
सो क्रममा उनीहरुले केन्द्रीय पदाधिकारीदेखि प्रदेशलगायत सबै तहका कमिटीलाई पूर्णता दिनुपर्ने माग गरेका थिए । केन्द्रीय कमिटी बैठक मंगलबार सम्पन्न हुने माओवादीले जनाएको छ ।





