काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गर्नु भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद पुनर्गठन गर्नुभएको हो।
जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सहभागी तीन मन्त्रीलाई फिर्ता बोलाएर नयाँ सिफारिस गरेपछि मन्त्रिपरिषद पुनर्गठन भएको हो।
जसपाबाट मृगेन्द्रकुमारसिंह यादव कृषि तथा पशुपन्छी विकास, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरणमन्त्रीमा नियुक्त हुनुभएको छ।





