जसपाले आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलायो, नयाँ मन्त्रीहरू पठाइँदै


२० असार २०७९, सोमबार १०:५८ मा प्रकाशित

काठमाडौं । जनता समाजवादी पार्टीले तीन मन्त्रीलाई फिर्ता बोलाएको छ।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भएको कुराकानीमा मन्त्री हेरफेर गर्ने बारे छलफल भएको थियो।

सोही अनुसार जसपाले एकजना मन्त्रीलाई यथावत राख्दै तीन मन्त्री हेरफेर गर्न लागेको जसपा स्रोतले जनाएको छ। सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठबाहेक अन्य तीन मन्त्रीको जिम्मेवारी खोसेर नयाँलाई दिने जनाइएको छ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाइएको हो।

नयाँ मन्त्रीमा प्रदीप यादव, मोहम्मद इस्तियाक राई र मृगेन्द्र सिंहलाई मन्त्रीका लागि सिफारिस गरिएको जसपा स्रोतको भनाइ छ। नयाँ मन्त्रीलाई आजै शपथ ग्रहणको तयारी गरिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here