प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे, एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने


२० असार २०७९, सोमबार १०:५२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने भएको छ।

प्रमुख सचेतक विशाल भट्टराईका अनुसार अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता आफ्ना पालामा भएको भनेर सत्तापक्षले छरेको भ्रमलाई अध्यक्ष ओलीले स्पष्ट पार्नुहुनेछ।

यस्तै अर्थ मन्त्रालयबाट बजेटका सुचना चुहाइएको सिसिटिभी फुटेज मेटाइएको विषय र अन्य समसामयिक राजनीतिक परिस्थितीका बारेमा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिनुभयो।

प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here