काठमाडौँ । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले राहदानी वितरणलाई सहज बनाउनु पर्ने माग राख्दै राहदानी बिभागमा ज्ञापन पत्र बुझाएको छ ।
आइतबार राहदानी वितरण देखिएको समस्यमा समाधान गर्न माग गर्दै युवा संघले प्रदर्शन सहित बिभागमा ज्ञापन पत्र बुझाएको हो । उनीहरुले कि रोजगार दे , कि पासपोर्ट दे भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनपछि ज्ञापन पत्र बुझाउदै युवा संघका अध्यक्ष किरण पौडेलले राहदानी बितरणमा भएका समस्याहरु समाधान गर्न माग गर्नुभयो । उहाँले प्रभावकारी सर्भर प्रयोग गरि घरबाटै अनलाईन फर्म भर्ने व्यवस्था मिलाउदै घण्टौ लाइन बस्नुपर्ने बाध्यता हटाउन पनि ध्यानाकर्षण गराउनुभयो । अर्जेन्ट राहदानी अतिरिक्त शुल्क लिई तीन दिनभित्र दिने भनिएपनि हप्तादिन लगाउने तर बिचौलियाबाट गएमा तोकिएको समयमा नै हुने गरेकाले यसलाई अन्त्य गर्न पनि माग गरिएको पौडेलले बताउनुभयो ।
ज्ञापन पत्र बुझ्दै बिभागका निर्देशक शरदराज आर्यनले विभागको कामलाई सहज बनाउन आफुहरु तयार रहेको बताउनुभयो । उहाले राहदानी लिनेको संख्या बढेकाले भीड बढेको तर्क गर्नुभयो ।
युवा संघले राहदानी बितरणलाई सहज र सर्वसुलभ तथा झन्झटरहित नवनाए थप दवावका कार्यक्रम तय गर्ने चेतावनी दिएको छ ।





