काठमाडौँ । नेकपा(माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ ।
काठमाडौंको प्रज्ञा भवनमा आइतबारबाट सुरु भएको बैठकमा समसामायिक राजनीतिक परिघटनाका बारेमा अवगत गराउदै प्रचण्डले संक्षिप्त राजनीतिक प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनमा पार्टीले आगामी दिनमा अबलम्बन गर्नुपर्ने नीति, योजना र कार्यक्रमका बारेमा उल्लेख गरिएको छ ।
आगामी निर्वाचनका लागि प्रतिबद्धतापत्रका लागि सुझाव सङ्कलन र तयारी गर्ने, माओवादी धाराका नेता तथा कार्यकर्ता र समर्थकलाई ठोस योजना बनाई मूल घरमा फिर्ता ल्याउने विषय पनि प्रतिवेदनमा समेटिएको छ । उक्त प्रतिवेदन अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई बितरण गरिएको माओवादी नेता रामनारायण बिडारीले जानकारी दिनुभयो । बैठकमा सातै वटा प्रदेशका अध्यक्ष एवं इन्चार्जहरुले आफ्नो प्रदेश मातहतको प्रतिवेदन पेश गरेको बिडारीले बताउनुभयो ।
त्यस्तै बैठकमा भातृ संगठन, चूनावी गठन्धनका बिषय लगाएतका बिषयमा समेत कुरा उठेको र सोमबार बिस्तृत रुपमा छलफल हुने उहाले जानकारी दिनुभयो । उहाँले बैठकले पोलिट्व्युरो, स्थायी र पदाधिकारी चयन गर्नका लागि पनि छलफल हुने बताउनुभयो ।
केन्द्रीय कमिटी बैठक सोमबार पनि जारी रहने माओवादीले जनाएको छ ।





