काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रमा जनता नै सर्वोपरी हुने बताउनु भएको छ । जनता र माटोको नाता अटुट हुने भएकाले कोही कसैले अरूले उक्साएको भरमा क्षण भर पनि जनतालाई भ्रममा राख्न नसक्ने बताउनु भयो ।
सामाजिक सञ्जाल मार्फत पुर्व राजा शाहले सत्ताको उन्मादमा देश र जनता प्रति गरिने कुकर्म वा गद्दारीको जवाफ जनताले बेलाबेलामा दिने गरेको बताउनु भयो ।
‘प्रजातन्त्रमा जनता नै सर्वोपरी हुन्। जनता र माटोको नाता अटुट हुन्छ । कोही कसैले अरूले उक्साएको भरमा क्षण भर पनि जनतालाई भ्रममा राख्न सक्दैन।,’शाहले भन्नु भयो , सत्ताको उन्मादमा देश र जनता प्रति गरिने कुकर्म वा गद्दारीको जवाफ जनताले बेलाबेलामा दिने गर्दछ तर त्यो नबुझी मपाइँत्व राख्नु अहितकारी हुने पुर्व राजा ज्ञानेन्द्र तर्क रहेको छ ।





