धनगढी । कैलालीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका ३ मालाखेतीस्थित रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाइँ गर्न गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ बस्ने ४८ वर्षीय पुनाराम चौधरीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङका कारण मृत्यु भएको खबर प्राप्त हुना साथ प्रहरी टोली पठाइएको हो ।





