मन्त्रिपरिषदको बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको मन्त्रिपरिषदको कार्यलयले जनाएको छ ।
मन्त्रिपरिषदको नियमित बैठक सोमबार बस्नुपर्ने थियो । तर मन्त्रिपरिषद सदस्य हेरफेरका कारण सोमबार बैठक बस्न नसकेकाृ जनाईएको छ ।
त्यसैले मंगलबार दिउँसो प्रधानमन्त्रीले मन्त्रिपरिषद बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले यो बैठकलाई नियमित भनेको छ ।
एकीकृत समाजवादीको तर्फबाट चार मन्त्री र एक राज्यमन्त्री समेटेर प्रधानमन्त्री देउवाले आइतबार मन्त्रिपरिषद हेरफेर गर्नु भएको थियो ।
नवनियुक्त मन्त्रीहरुले सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार पनि सम्हालिसकेका सक्नु भएको छ ।
सरकारमा एकीकृत समाजवादीको तर्फबाट पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्री मेटमणि चौधरी, स्वास्थ्यमन्त्री भवानी खापुङ, श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर र स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी सहभागी गराइएको छ ।





