विराटनगरका बस्तीमा पस्यो सिंघिया खोला


१४ असार २०७९, मंगलवार ११:४८ मा प्रकाशित

विराटनगर । अबिरल वर्षासँगै सिंघियामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो ।

सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापितभएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।

सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छोएपछि स्थानीयबासिन्दाले अन्यत्र सर्ने तयारी गरिरहेका छन ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here