पहिलो हप्ता निर्वाचन गर्ने बिषयमा छलफल भइरहेको छ : पुष्प कमल दाहाल


१३ असार २०७९, सोमबार १९:१४ मा प्रकाशित

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने बिषयमा छलफल भइरहेको बताउनुभएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाडामा आयोजित पार्टी ध्रुबिकरण कार्यक्रममा प्रचण्डले गठबन्धन दलबीच मंसिरको पहिलो हप्ता निर्वाचन गर्नका लागि छलफल भइरहेको जानकारी दिनुभयो । उहाँले कार्तिकको अन्तिम साता वा मंसिरको पहिलो हप्ता संघ र प्रदेशको निर्वाचन हुने बताउनुभयो ।

उहाँले माओवादीको आन्दोलनकै कारण मुलुकमा गणतन्त्र, संघीयता लगाएको उपलव्धी हासिल भएको भन्दै परिवर्तनको मुख्य बाहक माओवादी केन्द्र नै रहेको जिकिर गनुृभयो । उहाँले परिवर्तनको मुख्य बाहक शक्तिलाई बलियो बनाउनका लागि छरिएर रहेको माओवादी एक हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले एक दुई दिनमा नै माओवादीभित्र ठूलो एकता हुन लागेको जानकारी दिनुभयो ।

उहाँले माओवादी परिवर्तनकारी शक्ति रहेकाले स्थानीय तहको निर्वाचनमा जसले जति सिट ल्याएपनि जीत माओवादी केन्दकै भएको जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here