क्यानद्धारा क्यानडा र स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ


१३ असार २०७९, सोमबार १९:०१ मा प्रकाशित

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्यानडा र स्कटल्याण्ड भ्रमणमा जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको छ ।

सोमबार काठमाडौंमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायत क्यानका पदाधिकारीले नेपाली टोलीलाई बिदाई गरेका हुन् । नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।

त्यसअघि नेपाली टोलीले क्यानडामा एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ । नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ । त्यसअघि नेपालले क्यानडासँग दुई खेलको एकदिवसीय सिरिज र एक स्थानीय क्लबसँग अभ्यास खेल खेल्नेछ । बिदाई कार्यक्रममा राखेपका सदस्य सचिव घिसिङले जनतालाई सकारात्मक जवाफ दिने गरि प्रदर्शन गर्न सुझाव दिनुभयो ।

त्यस्तै नेपाली टिमका कप्तान सन्दीप लामिछानेले क्यानडा र स्कटल्याण्डका लागी टिम व्यालेन्समा रहेको बताउनुभयो । उहाँले भ्रमणका हुने सवै खेलमा बिजयी हासिल गर्दै तालिकामा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।

क्यानले यसअघि नै क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here