नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन हुँदैन, नेपालको हितमा छैनः चित्रबहादुर केसी


११ असार २०७९, शनिबार १८:३५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नागरिकतासम्बन्धी विद्येयक अघि बढाउन नहुने बताउनुभएको छ ।

सरकारले नागरिकतासम्बन्धी विद्येयक पारित गराउनेगरि अघि बढाएको उल्लेख गर्दै केसीले यो नेपालको हितमा नभएको टिप्पणी गर्नुभयो ।

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले नागरिकतासम्बन्धी विद्येयक पारित भए नेपालमा जनसांख्यिक आक्रमण भएसरह हुने दाबी गर्नुभयो ।

केसीले नागरिकले नागरिकता पाउने विषयमा आफूहरुको विरोध भने नरहेको स्पष्ट पार्नुभयो ।

केसीले वंशजको नागरिकता दिनको लागि आमा पनि वंशज र बुवा पनि वंशज हुनुपर्ने आफूहरुको अडान रहेको धारणा राख्नुभयो । उहाले नेपालमा राजनीति गर्ने भनेको जनता र देशको पक्षमा काम गर्ने भन्दापनि राजनीति अहिले व्यवसाय भएको टिप्पणी गर्नुभयो ।

अध्यक्ष केसीले अहिलेको पाँच दलीय गठबन्धन आगामी संसद्को निर्वाचनसम्म नै कायम गरिने स्पष्ट पार्नुभयो ।

अमेरिकाको एसपिपी कार्यक्रम अस्विकार गर्नेबारे नेपालका दलले लिएको निणर्य स्वागतयोग्य रहेको उहाको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here