पाँचथर । पाँचथरमा रुखको गोलियाले किचेर शनिबार एक युवकको मृत्यु भएको छ ।
मत्यु हुनेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका-७ बरबोटेका १८ वर्षीय राजेश आङदेम्बे रहेका छन् ।
गोलिया पल्टाउने क्रममा गोलियाले किचेर शनिबार विहान ९ बजेको समयमा गोलिया पल्टाइरहेका आङदेम्बेलाई अचानक गोलियाले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक राकेश थापाले जानकारी दिनुभयो ।
घटनालाई सुरक्षित गरी उक्त घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ ।





