‘आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसकेर स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त भएन’


११ असार २०७९, शनिबार १४:३९ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो शक्तिलाई राम्रोसँग परिचालन गर्न नसेकेको कारण स्थानीय तहमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताउनुभएको छ ।

शनिबार पार्टीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले गठबन्धनप्रति आफुहरुको धेरै गुनासो रहेपनि आफ्नै कारणले अपेक्षित परिणाम प्राप्त गर्न नसकेको बताउनुभएको हो ।

उहाँले आगामी निर्वाचनमा समेत गठबन्धन दलले यसअघिका कमजोरी हटाएर मिलेरै जाऔ भनेकाले कमजोरीहरु दोहरिन नदिन आफै सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

अहिलेको अवस्थामा गठबन्धन दलसँग तालमेल गरेर पार्टीको पक्ष जनमत बनाउन लागि पर्नुपर्ने आवश्यक्ता देखिएको उहाँको भनाइ छ ।

२७/२८ प्रतिशत ठाउँमा मात्र उम्मेद्वारी दिदा पनि ९ लाखभन्दा पनि बढी मत प्राप्त गरको भन्दै अध्यक्ष नेपालले छाटो समयमा नै जनताको समर्थन पाएको दावी गर्नुभयो ।

उहाँले एमालेबाट बिद्रोह नगरेको भए दास बन्ने वा राजनीतिबाट पलायन हुने अवस्था देखिएको बताउनुभयो । नेपालले एमालेका १० भाइको दिमागबाट अझै नशा उत्रि नसकेको टिप्पणी गर्दै समाजवादीलाई धारेहात लगाउने काम गरेको उल्लेख गर्नुभयो । उहाँले मूल्य वृद्धिका कारण जनता मारमा परेको र मूल्य वृद्धि गर्नेमाथि तुरुन्त कारबाही गर्नुपर्ने बताउनुभयो ।

त्यस्तै अध्यक्ष नेपालले मुलुकको अर्थतन्त्र सुधार र भ्रष्टचार नियन्त्रणमा सरकारको बिषेश ध्यान दिनुपर्ने बताउनुभयो । अहिले भ्रष्टचार बढिरहेको बारे गठबन्धनको बैठकबाट सरकारको ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here