काठमाडौं । नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले कम्युनिस्ट पार्टीलाई जोगाउका लागि एकता अपरिहार्य रहेको बताउनुभएको छ ।
शनिबार ललितपुरमा आयोजित एकता राष्ट्रिय अभियानको दोश्रो भेलामा गौतमले कम्युनिस्टलाई जोगाउनका र बलियो बनाउनका लागि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच एकता हुनुपर्ने बताउनुभएको हो ।
स्थानीय निर्वाचनमा कांग्रेस पहिलो शक्तिको रुपमा र प्रदेश र प्रतिनिधि सभाको निर्वाचनपछि बलियो हुने तर्क गर्नुभयो ।
उहाँले कांग्रेस कम्युनिस्टको मित्र भए पनि कांग्रेसले नेतृत्व जारी राखे एमसीसीजस्ता आयोजना आइरहने तर्क गर्नुभयो ।
अहिले कम्युनिस्ट पार्टीलाई एकतामा ल्याउन मध्यस्तकर्ताको आवश्यकता रहेकाले आफु नै उक्त भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ । उहाँले एकताका लागि आफु जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताउनुभयो ।
उहाँले यसअघि नेकपामा प्रचण्डले केपी ओलीमाथि लगाएतको आरोप फिर्ता नलिदा पार्टी विभाजन भएको र आफू एकताको पक्षमा लागेको जिकिर गर्नुभयो ।





