पौडी खेल्ने क्रममा विद्यार्थी बेपत्ता


१४ जेष्ठ २०७६, मंगलवार १३:२३ मा प्रकाशित

पाँचथर । तमोर नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर कुम्मायक गाउँपालिका ५बाट १ जना विद्यार्थी बेपत्ता भएका छन् ।

सोमवार दिउँसो ३ बजेको समयमा पृथ्वीउच्च माध्यामिक विद्यालय यासोकबाट ७ जना शिक्षक र १ जना विद्यार्थी सहित ८ जना तमोर नदिको लमुघाटमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका १ गैरीगाँउका २० वर्षीय डिल्लिहाङ नेम्वाङ बेपत्ता हुन् ।

इलाका प्रहरी कार्यालय यासोक बाटखटिएको प्रहरी टोलीले बेपत्ता भएका नेम्बाङको खोजीकार्य गरीरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here