बुद्धशान्ति गाउँपालिकाद्वारा ५६ करोड ३३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत


१० असार २०७९, शुक्रबार २०:२४ मा प्रकाशित

झापा । झापाको बुद्धशान्ति गाउँपालिकाले ५६ करोड ३३ लाख रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ।

शुक्रबार गाउँपालिकाको सभाहलमा बसेको गाउँमा उपाध्यक्ष भवानी खतिवडाले उक्त रकम बराबरको बजेट गर्नुभएको हो।

बजेट प्रस्तुत गर्न अघि गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले आगामी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

बार्षिक नीति तथा कार्यक्रम तथा बजेट शुक्रबार बिहान बसेको कार्यपालिका बैठकले स्वीकृत गरेपछि सभामा प्रस्तुत गरिएको थियो।

शुक्रबार नै बसेको कार्यपालिका बैठकले वडा नं १ का वडाध्यक्ष अनिल वाग्लेलाई गाउँपालिकाको प्रवक्ता तोकेको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here