सर्लाहीको । हरीवन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को रु ७६ करोड ६८ लाख २३ हजार बजेट प्रस्तुत गरेको छ ।
नगरसभाका नगर प्रमुख श्री रमेश बुढाथोकीको अध्यक्षता आयोजित नगर सभामा संघीय सांसद एवम पुर्ब मन्त्री रामेश्वर राय र प्रदेश सभा सदस्य डिल्लि प्रसाद उप्रेतिको आतिथ्यतामा रहेको थियो ।
आथिक बर्ष २०७९÷०८० को निति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै नगरसभा प्रारम्भ गरिएको हो ।
हरिवन नगरपालिकाको छैठौं नगरसभाबाट आ।वर्ष २०७९÷०८० को बिनियोजन भएको अनुमानित कुल बजेट रु ७६ करोड ६८ लाख २३ हजार मध्ये नेपाल सरकारको संघीय बजेटमा समानिकरण अनुदान, शसर्त पुजिगत अनुदानगरि जम्मा रु ५७ करोड ७७ लाख प्राप्त भएको हरिवन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बताउनु भएको छ ।





