काठमाडौँ । संयुक्त ट्रेड युनियन संघर्ष समितीले आज पेट्रोलियम पदार्थको मूल्यवृद्धि, महङ्गी लगायतको विरोधमा काठमाडौँमा प्रर्दशन गर्ने भएको छ ।
दिउँसो एक बजे माइतीघर मण्डलामा विरोध प्रर्दशन गर्ने अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका महासचिव वसन्त बोगटीले जानकारी दिनु भयो ।
मिटरव्याजी पीडित मजदुर किसानका माग सम्बोधन गर्नपनि समितिले सरकारलाई दबाब दिने जनाएको छ ।
पूर्वी तराई तथा नवलपरासीका संघर्षरत पीडितको आन्दोलनप्रति ऐक्यबद्धता जाहेर गर्दै तत्काल उक्त समस्या समाधान गर्नपनि समितिले सरकार समक्ष माग गरेको छ ।
यस्तै, सरकारले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपी तत्कालको लागि अस्वीकार गर्ने निर्णय गरेपनि नेपाल अमेरिकी गठबन्धनमा संलग्न हुन खोजेको पनि समितिले आरोप लगाएको छ ।
पेट्रोलियम पदार्थ लगायत आकासिदो बजार मूल्य,मिटरब्याज पीडित मजदुर किसान र एसपीपीको विरोधमा प्रर्दशनमा उत्रिन लागको समितिको भनाई छ ।
संयुक्त ट्रेड युनियन संघर्ष समितिमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन,क्रान्तिकारी ट्रेड युनियन,समाजवादी ट्रेड युनियन,अखिल नेपाल ट्रेड युनियन,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन, वैज्ञानिक समाजवादी ट्रेड युनियन, प्रगतिशील नेपाल स्वतन्त्र ट्रेड युनियन र नेपाल ट्रेड युनियन फेडेरेसन आवद्ध छन्।





