काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपालमा मूल्यमान्यताको राजनीति हराउँर्दै जान थालेको बताउनुभएको छ ।
गणेशमान सिंह फान्डेसनले बुधबार चाक्सीबारमिा प्रजातन्त्र स्थापना, पुनस्थापना एवं सम्वद्र्धनका लागि योगदान गरेकाहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले नेपाली राजनीति मूल्य भन्दा शक्ति केन्द्रित हुन थालेको बताउनुभएको हो । नेता सिंहले प्रजातन्त्र स्थापनाका लागि योद्धाहरुले गरेको योगदानको चर्चा गर्नुभयो ।
गणेशमान सिंह फाउन्डेसनले गणेशमान सिंह प्रजातन्त्र सेनानी सम्मान २०७९ बाट ध्यान गोविन्द रञ्जित, हिमालय शमशेर राणा,मनज्ञ लाकोललाई प्रदान गरेको हो । त्यस्तै हरिनाथ बाँस्तोला, डा. दिनेशनाथ गंगोल, नारायणप्रसाद भट्टराई, पूर्णानन्द शर्मा, दिलीप सापकोटा, योगप्रसाद उपाध्याय, स्वर्गिय गणेश कर्माचार्य र चम्पा थारुलाई पनि उक्त प्रदान गरिएको छ ।





