बि एन्ड सी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने


८ असार २०७९, बुधबार १३:५३ मा प्रकाशित

काठमाडौँ । झापाको बि एन्ड सी मेडिकल कलेज र मोरङको नोबेल मेडिकल कलेजले स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बि एन्ड सी र नोवेलले स्वास्थ्य बिमा बोर्डले समयमा रकम भुक्तानी नगर्दा समस्या भएको भन्दै असार २० गतेबाट स्वास्थ्य बिमा कार्यक्रम रोक्ने जनाएको हो । उनीहरुले २०७८ मंसिरपछि बिमा वापतको रकम नपाएको भन्दै जानकारी दिएका छन् ।

बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले स्वास्थ्य बिमा बापतको ४५ करोड रुपैयाँ भन्दा बढि र नोबेलको ५४ करोड भन्दा बढि रुपैया लिन बाँकी रहेको जानकारी दिनुभयो । यसअघि १५–१५ दिनमा भुक्तानी गर्ने भनिएपछि अझै पनि बिमा वापतको रकम नपाएको उहाँले बताउनुभाये ।

सरकारले ७२ चैत २५ देखि कैलालीबाट सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लामा लागू भइसकेको छ । प्रतिपरिवार ५ जनासम्मको ३ हजार ५ सय रकम तिरेको आधारमा वार्षिक एक लाखसम्मको स्वास्थ्य सुविधा र थप प्रतिसदस्य ७ सयका दरले रकम थपिएमा प्रतिसदस्य २० हजार बराबरको सेवा थपिने प्रावधान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here