कल बाइपास गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ


८ असार २०७९, बुधबार ११:४९ मा प्रकाशित

काठमाडौं । कल बाइपास गरेको आरोपमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेश, नपुर जिल्लाको थाना बादशाहपुर, ग्राम टेलाकुवा बस्ने ३८ वर्षीय ईरफान सुफियान खान पक्राउ परेका हुन् ।

उनले पर्साको वीरगञ्ज महानगरपालिका २ मा कोठा भाडामा लिई विभिन्न इलेक्ट्रोनिक मेसिनहरू जडान गरी कल वाइपास सेन्टर संचालन गरेको पाइएको प्रहरीको भनाइ छ ।

कल बाइपास सेन्टर खोलेको सूचनाका आधारमा मंगलबार साँझ साइबर ब्यूरो र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले उनलाई कोठाबाटै पक्राउ गरेको हो ।

उनको साथबाट कल बाइपास गर्न प्रयोग भएका ६ प्रकारका १०२ थान इलेक्ट्रोनिक मेसिनहरू बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सुफियान खानलाई दुर सञ्चार ऐन २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here