संखुवासभामा करेन्ट लागेर १ जनाको मृत्यु


८ असार २०७९, बुधबार ११:५३ मा प्रकाशित

संखुवासभाको धर्मदेवी नगरपालिका (५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

मंगलवार बिहान हाईड्रोपावर भित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट लागेर उक्त हाईड्रोका ईन्जिनियर पोखरा महानगरपालिका(१२ का ३९ बर्षीय रोमन कुमार चन्द घाईते भएका थिए ।

घाईतेलाई उपचारको लागी हेलिकोप्टर द्धारा काठमाण्डौ पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here