काठमाडौँ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफू राजनीतिमा गन्हाएको हिलो पखाल्न आफू पत्रकारिता छाडेर राजनीतिको मैदानमा उत्रिएको बताउनु भएको छ ।
मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उनले आफूले ठूल्ठूला घोषणा नगर्ने बरु स–साना कुरामा परिवर्तन गर्न आएको बताए । उहाँले आफू कुनै व्यवस्था बदल्न होइन, अवस्था बदल्न आएको बताउनु भयो ।
‘म कुनै व्यवस्था बदल्न आएको होइन, अवस्था बदल्न आएको हुँ । यहाँ रहेका विकृति विसङ्गति बदल्ने प्रयास गर्नेछु, आफूलाई पहिलेदेखि नै धेरैले राजनीतिमा आउन अभिप्रेरित गरे पनि बल्ल आफू आएको बताउनु भएको छ ।
उहाँले पहिलेका दलका नेता र आफू उस्तै उस्तै देखिने गरे पनि नझुक्किन आग्रह गर्नुभयो । लामिछानेले अब कुनै नेतासँग ठूला कुरा नगर्ने, नझर्कने पनि बताउनु भयो ।
आफू राजनीतिमा आउन विभिन्न दलका धेरै नेतासँग कुराकानी गरे पनि त्यसलाई अब धन्यवादबाहेक अरू केही पनि नरहने उल्लेख गर्नु भयो । उहाँले आजसम्म नेपालमा दर्ता भएका कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गर्नुभयो ।
लामिछानेले स्वतन्त्र रूपमा आफ्नो राजनीति अघि बढाउने बताउनु भयो ।





