रवि लामिछानेको पार्टीको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’


७ असार २०७९, मंगलवार १३:५८ मा प्रकाशित

काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ गठन गर्नु भएको छ । त्यसका लागि उहाँले चाँडै निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि बताउनु भयो ।

मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित घोषणा सभामा उहाँले आफू पुराना कुनै पनि दलमा प्रवेश नगर्ने बताउँदै उनले आफू नयाँ दल गठन गर्न लागिपरेको बताउनु भयो । सोहीअनुसार उहाँले आफू चुनाव लड्ने घोषणा गर्नु भयो ।

‘धेरै मानिसले भने नयाँ दल बनाउन निकै कठिन हुन्छ । जिल्ला जिल्ला देखि वडा वडासम्म मान्छे राख्नुपर्छ । ती मान्छे कहाँ पाउनु,’ लामिछानेले प्रश्न गर्दै, विकास र परीवर्तनको अभियानमा सबेको साथ र सहयोगको अपेक्षा गरेको उहाँले बताउनु भयो ।

उनले आफू केही गर्न नसक्ने अवस्था पार्र्टीमा नरहने बताउनु भयो । उहाँले स्वतन्त्र ढंगले उम्मेदवारी दर्ता गर्न आउनेका लागि आफूले स्वागत गर्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here