राससको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त


७ असार २०७९, मंगलवार १२:०९ मा प्रकाशित

काठमाडौं । नेपालको सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति रासस को अध्यक्षमा धमेन्द्र झा नियुक्त भएका छन् ।

उहाँलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मंगलबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्र्कीले राससको रिक्त अध्यक्ष पदमा धनुषाका धर्मेन्द्र झालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here