चुलामा आगो सल्काउने क्रममा जलेर एक वृद्दाको मृत्यु


७ असार २०७९, मंगलवार १२:०३ मा प्रकाशित

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका ११ कि ८६ बर्षीया मनमाया मगरको आगोले जलेर मृत्यु भएको छ ।

घरमा एक्लै बस्दै आएकी बृद्दले चुलामा आगो सल्काउने क्रममा अचानक आफैले लगाएको चोलोमा आगो सल्कन गई आगोले जलेर गम्भिर घाईते भएको अवस्थामा आफन्तले आज बिहान ७ बजे फेला पारी उपचारको लागी जिल्ला अस्पताल खाँदबारी ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here