एमालेद्वारा सभामुखसँग प्रधानन्यायाधीश चोलेन्द्रविरुद्धको महाअभियोग अगाडि नबढ्नुको कारण माग


६ असार २०७९, सोमबार १४:१७ मा प्रकाशित

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेका सांसद लालबाबु पण्डितले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटासग माग गर्नु भएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सभामुखले नै महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण दिनुपर्ने बताउनु भयो ।

यस महाअभियोग प्रस्तावमा सभामुखको ज्युको जिम्मेवारी र दायीत्य हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीले महाअभियोग समितिले विषयवस्तु पाउने काम गर्न पाउने, देश र जनताले उठेका प्रश्नहरुको जवाफ पाउने । यस बारेमा सभामुखजीको बिचार संसदले जानकारी चाहन्छ ।’

आफु ११ सदस्यीय महाअभियोग सिफारिस समितिको सदस्य समेत भएको उल्लेख गर्दै सांसद पण्डितले
थप्नु भयो ‘जिम्मेवारी नपाएकोले गर्दा जिम्मवारी बिहीन समितिको औचिय के हो ? कहिलेसम्म जिम्मेवारी बिहीन अवस्थानमा बस्ने ? म सभामुखजीबाट जवाफ चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here