काठमाडौं । मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले बहराइनलाई जम्मा १४ रनमा रोकेको छ ।
नेपालका बलर कविता कुँवर र अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिएको हो । खेल वर्षाका कारण ७–७ ओभरमा घटाइएको छ ।
मलेसियाको किनरारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे ।





