प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छ : राजेन्द्र लिङदेन


३१ जेष्ठ २०७९, मंगलवार १७:१४ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोश्रो अधिवेशन उद्घाटन गर्दै लिङदेनले देशमा देखिएको बेतिथि अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताउनुभएको हो । उहाँले पूर्ण समानुपातीक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गर्नुभयो ।

अहिले देश अहिलेसम्मकै अप्ठेरो परिस्थीतीबाट ग्रुजीरहेको भन्दै नागरिकहरुले ठिक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति व्यहोर्नुपर्ने उहाले बताउनुभयो । उहाँले देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सवै नागरिकले योगदान गर्नुपर्ने बेला आएको तर्क गर्नुभयो ।

उहाले अहिले नेतृत्वले स्थापीत गरेको प्रणाली नै गलत भएको धारणा राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here