थप १२ जनामा कोरोना संक्रमण पुष्टि


३१ जेष्ठ २०७९, मंगलवार १६:११ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ४ सय ७३ पिसिआर परिक्षणका क्रममा ७ जना र ८ सय ६८ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ३३ जना निको भएका छन् । हाल नेपालमा ९३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here