भारतबाट ८० लाख मेट्रिक टन मल असारसम्म आइपुग्ने


३१ जेष्ठ २०७९, मंगलवार १५:३१ मा प्रकाशित

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले भारतबाट ८० लाख मेट्रिक टन मल असारसम्म आइपुग्ने र मल अभाव नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा कृषि मन्त्रालयको विनियोजन बजेटमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री यादवले १४ हजार मेट्रिक टन मल मौज्दात रहेको र असारसम्ममा ८० लाख मेट्रिक टन मल आईपुग्ने बताउनुभएको हो । उहाँले स्वदेशमै रासायनिक मल कारखाना स्थापनाका लागि बजेट छुट्याइएको र लगानी बोर्डमा समेत छलफल अघि बढेको दावी गर्नुभयो ।

मन्त्री यादवले आगामी आर्थिक बर्षबाट किसान पेन्सन सुरु गर्ने र अहिले लगत संकलनको काम भइरहको जानकारी दिनुभयो । उहाँले कृषि पेशालाई सम्मानित, मर्यादित र नाफामूलक बनाइ आत्मनिर्भर बनाउने, यस क्षेत्रका पूर्वाधार विकास गर्न बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले गतवर्ष धानबालीमा वर्षाले गरेको क्षतिको राहत दिने बारेमा गृह मन्त्रालय पठाइसकेको र त्यसका लागि रु पाँच अर्ब छुट्याइसकेको जानकारी गराउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here