मूल्यबृद्धिको बिरोधमा नेपाल कम्युनिष्ट पार्टीद्धारा काठमाडौंमा विरोध प्रदर्शन


३१ जेष्ठ २०७९, मंगलवार १५:१९ मा प्रकाशित

काठमाडौँ । बिभिन्न बस्तुमा भएको मूल्यबृद्धिको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी(बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

पेट्रोलियम पदार्थ लगाएत उपभोग्य बस्तुमा भएको चर्को मूल्यबृद्धिको बिरुद्धमा नेकपा बहुमतले मंगलबार काठमाडौंको माइतिघरमा बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धि फिर्ता गर, एमसीसी मुर्दावाद, बैज्ञानिक समाजवाद जिन्दावाद लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

उनीहरुले जनतालाई समस्या पर्ने गरि मूल्यबृद्धि गर्दा पनि राज्यमा बस्नेहरु मौन रहेको आरोप लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here