झापा । झापाको चारआलीस्थित पाउ पाथीभरा मन्दिर नजिकै मृत अवस्थामा एक महिलाको शव फेला परेको छ।
मृतक महिला बुद्धशान्ति गाउँपालिका वार्ड नं ३ निवासी हिमादेवी तिम्सिना रहेकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
उहाँका अनुसार महिलाको शव मेचीनगर नगरपालिका-१३ प्रगति सामुदायिक वन चारआलीमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको हो।
महेन्द्र राजमार्ग सडकखण्ड झापाको चारआली जंगल पाउँ पाथीभरा मन्दिर नजिकै महिलाको शव फेला परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ।





