नाडाद्धारा विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन सरकारसमक्ष आग्रह


२४ जेष्ठ २०७९, मंगलवार १८:१७ मा प्रकाशित

काठमाण्डौ । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले विद्युतीय सवारीसाधनमा बढाइएको कर घटाउन सरकारसमक्ष आग्रह गरेको छ ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नाडाले आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार र अन्तशुल्कमा वृद्धि गरिएको भन्दै कर घटाउन आग्रह गरेको हो । नाडाका अध्यक्ष धुव्रबहादुर थापाले विद्युतीय सवारीसाधनमा पुरानै कर लागु हुनुपर्ने बताउनुभयो ।

सरकारले विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्नुपर्ने भन्दै आएको तर आगामी आर्थिक वर्षको बजेटमा भन्सार र अन्तशुल्क कर बढाइएको उहाले बताउनुभयो । उहाँले २०० किलोवाट क्षमताका विद्युतीय सवारीसाधनमा पुरानै व्यवस्था अनुसार भन्सार र अन्तशुल्क कायम गर्न आग्रह गर्नुभयो । उहाले विदेशी मुद्राको सञ्चितिलाई देखाउँदै असार मसान्तसम्म सवारीसाधन आयातमा लगाइएको प्रतिबन्ध हटाउनसमेत माग गर्नुभयो ।

अध्यक्ष थापाले नयाँ सवारी साधनमा मात्र अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्नेमा जोड दिनुभयो । सवारीसाधन खरिदपछि सामान्य नम्बर राखेर पुनःइम्बोस्ड नम्बर प्लेट जडान गर्दा उपभोक्तामा दोहोरो खर्च हुने भन्दै उहाँले नयाँ सवारीसाधनलाई अनिवार्य गर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here