क्यानले भन्यो, ‘मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति दिइँदैन’


२३ जेष्ठ २०७९, सोमबार ०७:५३ मा प्रकाशित

काठमाडौं । विमान दुर्घटनाको जोखिम न्यूनीकरणका लागि मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिइने निर्णय यथावत् रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणले जेठ १६ गते हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि विमान उड्ने र पुग्ने स्थानबीचको उडान मार्ग (इनरुट) को मौसम अनुकूल नभएमा उडान अनुमति नदिने निर्णय गरेको थियो।

तारा एयरको विमान मौसम खराबीले दुर्घटनामा परेको प्रारम्भिक निष्कर्ष निकाल्दै प्राधिकरणले उडानमा कडाइ गरेको थियो।

केही सञ्चार माध्यममा इनरुटको मौसम सफा नभएसम्म उडान अनुमति नदिने निर्णयबाट प्राधिकरण पछि हटेको भन्ने सम्बन्धमा आएका समाचारमा कुनै सत्यता नरहेको जनाउँदै प्राधिकरणले जेठ १७ गतेदेखि गरिएको कडाइ कायमै रहेको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here