तत्काल वाम एकता संभव छैनः माधवकुमार नेपाल


१९ जेष्ठ २०७९, बिहीबार १२:४३ मा प्रकाशित

सर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताउनु भएको छ।

बिहीबार सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको बताउनु भयो।

अध्यक्ष नेपालले एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताउनु भयो। ‘अहंकारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेकखाले भ्रमहरू फैलाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ।’

पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्नुभयो।

स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उहाँको दाबी थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here