काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बृद्धभत्ता एमालेको ब्रान्ड भएको बताउनु भएको छ।
मंगलबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले बृद्धभत्ता बढाउनुपर्नेमा उमेर घटाएकोमा आपत्ति जनाउनु भयो।
उहाँले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्नेमा ६८ वर्षमै दिने निर्णयको विरोध गर्नुभयो।
‘वृद्धभत्ता ६८ वर्ष झार्यौं नि, जतिसुकै गरेपनि बृद्धभत्ता एमालेको ब्रान्डजस्तो हो। तपाई ६८ वर्षमा झार्नुस् कि ५८ मा केही फरक पर्दैन। बृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ। एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन्’, उहाँले भन्नुभयो।
बजेटले वर्तमान आर्थिको संकट समाधान गर्नतिर ध्यान नदिएको आरोप पनि पाण्डेले लगाउनु भयो।





