निर्दोषलाई फसाइएको भन्दै काठमाडौमा विरोध प्रदर्शन


१७ जेष्ठ २०७९, मंगलवार १४:१६ मा प्रकाशित

काठमाडौ । अभिनेत्री मिरुना मगरलाई दुव्र्यवहार गरेको आरोपमा निर्दोषलाई फसाइएको भन्दै काठमाडौको चावाहीलमा विरोध प्रदर्शन गरिएको छ ।

बौद्ध भिक्षु समेत रहेका फुर्वा लामालाई फसाउने चलचित्र ‘कबड्डी–४’ की नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने मागसहित एक समूहले काठमाडौको चावाहीलस्थीत केएल टावर अगाडि प्रदर्शन गरेका हुन् । चलचित्रको प्रचारका लागि गएका बेला आफुमाथि अभद्र व्यवहार गरेको भन्दै नायिका मगरले लामालाई पक्राउ गराएकी थिइन् । प्रदर्शनका क्रममा उनीहरुले कबड्डी–४ पोष्टर जलाएका थिए । यसैबीच

लामालाई मंगलबार रिहा गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here