विष्णु पौडेल : विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित किन ?


१७ जेष्ठ २०७९, मंगलवार १३:१२ मा प्रकाशित

काठमाडौ । सरकारले विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्न खोजेको पूर्वअर्थमन्त्री विष्णु पौडेलले बताएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेटमाथि संसदमा सुरु भएको छलफलमा भाग लिंदै नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पौडेले उल्टो दिशामा यात्रा तय गरेको बजेट आएको बताए ।

विद्युतीय सवारीको भन्सार बढाउनुका साथै अन्तःशुल्कसमेत लगाइएको भन्दै उनले भने, ‘रक्सी चुरोट जस्ता चिजमा अन्त शुल्कको प्रबन्ध गर्ने हाम्रो प्रचलन छ । अब हामी विद्युतीय सवारी आयातमा पनि अन्तशुल्क लगाउने भयौं ।’

नले अघि भने, ‘हामी विद्युतीय सवारी साधान प्रयोगलाई निरुत्साहित गर्नेछौं । यस्तो गलत निर्णय किन ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here