हत्याको आरोपमा २ जना पक्राउ


१७ जेष्ठ २०७९, मंगलवार १३:२२ मा प्रकाशित

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ५ सेउती खोला बगरमा मृत फेला परेका धरान ११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ ।

जेठ १२ गते बिहान लम्जेल सेउती खोलाको बगरमा शरिरका बिभिन्न ठाउँमा काटिएको र धारिलो हतियारले घोपिएको अबस्थामा मृत फेला परेका थिए ।

मृत फेला परेका ब्यक्तिको तत्काल नाम थर नखुलेता पनी केही समयमै उनको पहिचान खुलेसंगै लम्जेलको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

अनुसन्धानको क्रममा उनको हत्यामा धरान(१५ बस्ने दुई जना बालकको संग्लग्नता रहेको पाए संगै दुबै जनालाई पक्राउ गरिएको र उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here