बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ हर्चनामा निर्माण भएको ‘नगर गौरव भिलेज’को दातृनिकायका प्रतिनिधिहरुले सोमबार स्थलगत अवलोकन गरेका छन् ।
नगरप्रमुख पवित्रा महतारा प्रसाई,वडा नम्बर ७का वडाध्यक्ष अविरल कृष्ण खरेल,सहारा नेपालका कोषाध्यक्ष श्यामकुमार प्रधानसहितको उपस्थितिमा ह्याविट्याट नेपालका प्याव्लो जोरील्लो,हिल्टी फाउण्डेसनका जोहन बार लगायतले अवलोकन गर्नु भएको हो ।
बिर्तामोड नगरपालिका,ह्याविट्याट फर ह्युमानिटी नेपाल र सहारा नेपालको त्रिपक्षिय साझेदारीमा हिल्टी परियोजना अन्तर्गत निर्माण भएको यस वस्तीमा ३७ वटा आवास निर्माण भएर प्रयोगमा आएका छन् । यहाँ विपन्न सन्थाल परिवार वसोवास गर्दै आएका छन् ।
दातृनिकायका प्रतिनिधिहरुले आवासमा देखिएका समस्या र राम्रा पक्षका बारेमा अन्र्तक्रियाको समेत आयोजना गरेका थिए । सहभागिहरुले खुशी व्यक्त गर्दै सुरक्षित आवासका लागि दातृसंस्था तथा बिर्तामोड नगरपालिकालाई धन्यवाद दिएका छन् । उनीहरुले मुख्यगरी ढल निकासको समस्या रहेको भन्दै समाधानको लागि नगरपालिकासमक्ष आग्रह गरेका छन्





