सरकारले चुनावमा मत माग्ने हिसाबले बजेट ल्यायोः नेकपा एमाले


१७ जेष्ठ २०७९, मंगलवार ०६:५९ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट बिशुद्ध चुनावमुखी र मत माग्ने हिसावले ल्याएको निष्कर्ष निकालेको छ ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले ५ महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकि चुनावमुखी र मत माग्ने हिसावले बजेट ल्याएको निष्कर्ष निकालेको हो ।

सरकारले २५ बर्षको पुरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने गरि सरकारले बजेट ल्याएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिनुभयो ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसावले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिनुभएको थियो । त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्न लिएर जाने गरि प्रस्तुत हुन निर्देशन दिनुभएको भट्टराईले बताउनुभयो ।

बैठकमा पार्टीका पूर्व अर्थमन्त्रीहरु, बिज्ञ, योजना आयोगका उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here