तारा एयरको विमान दुर्घटना परेर निधन भएका २२ जनाकै शव भेटियो, १२ जनाको शव काठमाडौं ल्याइँदै


१७ जेष्ठ २०७९, मंगलवार ०८:२८ मा प्रकाशित

काठमाडौं । मुस्ताङको थसाङ गाउँपालिका–२ मा तारा एयरको विमान दुर्घटना हुँदा निधन भएका २२ जनाको शव फेला परेको छ । नेपाली सेनाले विमानमा रहेका २२ जनाकै शव फेला परेको जानकारी दिएको हो ।

२१ जनाकाे शव साेमबार नै फेला परेकाे थियाे भने थप एक जनाकाे शव मंगलबार बिहान भेटिएकाे हाे ।

निधन भएकामध्ये १० जनाको शव सोमबार काठमाडौं ल्याइएको थियो । अन्य १२ जनाको शव पनि आज काठमाडौं ल्याउने तयारी भइरहेको सेनाले जानकारी दिएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको थियो । सोमबार बिहान उक्त विमान थासाङ गाउँपालिका–२ स्थित पहाडमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमानमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

उनीहरू सबैको निधन भएको छ । निधन भएका सबैको शव काठमाडौं ल्याएर आफन्तको जिम्मा लगाइने अधिकारीहरूले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here