काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको तेलमा मात्रै तारेको खल्लो जेरीजस्तो भएको टिप्पणी गर्नु भएको छ ।
बिहीबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा बोल्दै ओलीले यस्तो बताउनु भएको हो । शब्द अशुद्ध र वाक्य समेत नमिलेको उहाँले आरोप लगाउनु भयो ।
उहाँले सरकारको कुनै गन्तव्य नरहेको बताउनु भयो । उहाँले सत्ता गठबन्धलाई बिचरो गठबन्धनको संज्ञा दिनुभएको छ ।





