संसद्‍मा आजदेखि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुँदै


१२ जेष्ठ २०७९, बिहीबार ०६:५३ मा प्रकाशित

काठमाडौँ । संसद्‍मा आजदेखि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची छ ।

बिहीबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन प्रस्तुत गर्ने र उक्त संशोधनमाथि छलफल सुरु हुने संसद् सचिवालयले जनाएको छ।

सरकारको तर्फबाट मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here