काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बलात्कार घटनासम्बन्धी कानुनमा रहेको हदम्याद हटाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।
त्यसबारे सरकारले आवश्यक तयारी अघि बढाएको उहाँले बताउनु भयो ।
देउवालाई भेट्न आज (बुधबार) प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका कांग्रेस नेत्रीहरूसँग प्रधानमन्त्री देउवाले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नु भएको हो।
सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’को नेतृत्वमा सामाजिक अपराधका घटनाहरुमा न्यायनिरुपण जटिल बन्दै गएको भन्दै उनीहरू प्रधानमन्त्री देउवाकाे ध्यानाकर्षण गर्न पुगेका थिए।
देउवाले हदम्याद तत्काल हटाउने प्रतिबद्धता जनाएको सांसद एवं कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिनुभयो ।





